जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

घर जाने टिकटको जोहो गर्ने हो कि !


दशैमा काठमाण्डौबाट बाहिरिनेको संख्या निकै नै ठुलो छ । यर्सले त दशैमा राजधानीबाट बाहिरिनेका लागि दशै दशा जति कै बन्ने गर्छ । बेलामा टिकट लिन पाईएन भने घर जाने बेला नरकपुरीको यात्रा झै हुने गर्दछ । दशैमा घर फर्किने या भनौ काठमाण्डौ छाड्ने कुरा कति संघर्षिलो हुन्छ, भोग्नेलाई नै थाहा होला । यसपालीको दशै पनि त उही हो । सबैको पहुँचमा छैन प्लेनको यात्रा । भएकाहरुले पनि टिकट पाउँन गा¥हो । दशैका लागि भनेर थपिएका गाडी रोकन मात्र भएका सिट र सुबिधा केहि नभएका हुन्छन् । योबाट बच्न अलिकति बुद्धि लगाएँ भनेर बाहिरबाट टिकट लियो, गाडी चढ्ने बेलामा एउटै सिटका दुइ तिन जना यात्री हुन्छन् । समस्या नै समस्याको यो मुलुकमा हतार गरेर अगाडी नै आधिकारिक ठाउँबाट टिकट लिनु भन्दा अर्को उपाय छैन । सोच्नुहुदैछ होला तपाई पनि यदि काठमाण्डौमा हुनुहुन्छ र दशैमा बाहिरिनु पर्ने छ भने । थाहा पाईराख्नुहोस् टिकट कहिले खुल्छ भनेर । पोहोरको दुख त बिर्षिनु भएको छैन होला नि !
दसैंमा यात्रुहरुको चापलाई ध्यान दिएर यातायात व्यवसायीले असोज एक गतेदेखि अग्रिम बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यात्रुहरुलाई सुविधा होस् भनेर सबै यातायात व्यवसायीलाई असोज एक गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्न निर्देशन दिएको हो ।
दसैंमा यात्रुहरुको चाप बढ्ने भएकाले काठमाडौं उपत्यकाभित्र १५ सय बस थपिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिब सरोज सिटौलाले जानकारी दिनुभयो ।
गोङ्गबुलगायत क्षेत्रमा नक्कली टिकट काट्नेहरुको बिगबिगी हुने भएकोले त्यसप्रति सचेत हुन र आधिकारीक काउन्टरबाट मात्र टिकट काट्न सम्पूर्ण यात्रुहरुलाई महासंघले आग्रह गरेको छ । सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार बैज्ञानिक भाडादरभन्दा बढी लिने यातायात व्यवसायीलाई कारबाही गर्ने महासंघले प्रतिबद्धता पनि जनाएको छ ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।