जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राम र रावणको युद्ध हो र भारतले जित्नलाई ?

-जीवनराम पन्थी-
टि.भी. हे¥यो उही कुरा । पत्रिकामा त्यै समाचार जताततै । रेडियो त्यसको कुरा गरेर थाकेको छैन । आफ्नो मनमा पनि त्यै कुरा आईरहन्छ । हुन पनि विश्वकप अनि त्यसको फाईनल । अझ दुबै प्रतिस्प्रधी दक्षिण एसियाकै । यो फाईनल नहेरेर कुन चै अवसर पर्खिनु क्रिकेट हेर्नको लागि ? अस्ति पाकिस्तानको समर्थन गरेको त्यो पनि गयो, चित्त दुखाईदिएर । आज चै पक्कै चित्त दुख्ने छैन । अस्ति पनि दामी जितेको आज पनि पक्कै जित्छ, श्रीलकांले । यो राम र रावणको युद्ध हो र भारतले जित्नलाई ?

अहिलेसम्मकै उत्कृष्ट खेल खेलेर जित्नु पर्छ श्रीलंकाले । मुरलीधरण यो जितसँगै विश्वकपको मालिक खेलाडी भएर बाहिरिने छन् । कपिलदेवले भने जस्तो बलर नोकर हुन् र ? श्रीलंकाको जितले नै देखाउँनेछ बलरहरु क्रिकेटका सेनापती हुन् र मालिक पनि । खेललाई दिशा दिने र नतिजा दिने दुबै काम बलरको हो । कपिलदेब जस्ताका सामु (जसले बलरलाई नोकर सम्झन्छ ।) श्रीलंकाले जित्नै पर्छ । र, श्रीलंकाले जित्ने छ ।
अब यति समर्थन गरिसके पछि खेल पनि हेर्नु पर्यो तर कुरो उही छ, लोडसेडिङ । लोडसेडिङको तालिका हेर्दा तिन भाउन्न भएर आउँछ । कुनै समुहकोमा पुरै विश्वकप हेर्न बत्ति आउँदैन । अझ सबै समुह घुम्ने हो भने पनि पुरै विश्वकप हेर्न पाईदैन । यसैले घरमा बसेर परिवारसँग फाईनलको आनन्द लिन नपाईने भइयो । अब फिल्म हल तिर लाग्ने हो कि कुनै सोपिङ मल वा रेष्टुरेण्ट तिर फैसला गर्नु पर्ने भयो । हेरौं २ बजेसम्ममा केही न केही निर्णयमा त पक्कै पुगिन्छ ।
तपाईले चै के गर्ने हुनु भयो ?

3 comments:

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

इन्डिया हार्नसक्छ १००%

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

इन्डिया हार्नसक्छ १००%।

Tashi T. Shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

INDIA INDIA ... India will win that cup!

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।