जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भालुको कन्पट जस्तो 'गृह', छोड्नु न समात्नु

अन्तत: ठ्याक्कै तिन महिना पछि प्रधानमन्त्री झलनाथ खनालले गृहमन्त्रालयको भार बिसाएका छन् । चौथो पटकको विस्तारमा उनकै मन्त्रीमण्डलका सुचना तथा सञ्चारमन्त्री कृष्ण बहादुर महरालाई गृह दिएर उनले भारी बिसाएका हुन् । योसँगै उनको सानो बनाउँने भनिएको मन्त्रीमण्डल ३२ जनाको भइसकेको छ । फोरम र नेकपा मालेले एक(एक मन्त्री पठाउनै बाँकी छ भने माओवादीले ६, एमालेले तीन र फोरमले तीन राज्यमन्त्री पठाउन बाँकी छ । उसो त सरकारमा सहभागी अन्य तीन साना दलले पनि कम्तिमा एक(एक राज्यमन्त्री माग्ने लगभग पक्का छ । यति धेरै मन्त्री बनाइसके पनि र बनाउँन बाँकी रहेको भएपनि उनका लागि भने आफ्नो प्रमको कुर्सीको भन्दा बढि गृहको भारी थियो । आज यो भारी बिसाएका त छन् तर यसले अझ बबण्डर मच्चाउँने पक्का छ । गृहको विवाद चुलिने कारणहरु यस्ता छन्




एमाले भित्रको विवाद र दवाव
माधव र ओलीले यसअघि नै गृहमा एमालेको तर्फबाट नामै किटान गरेर बिष्णु पौडेललाई पठाए पनि उनले पौडेललाई रक्षा दिएर मत्थर पार्ने कोशिस भने गरेका थिए । यसो गरे पनि माधव ओली पक्षले माओवादीलाई कसैगरे पनि गृह दिन नहुने भनि सार्वजनिक रुपमा दवाव दिएकाले झलनाथ आफैले गृह राखेका थिए । तर सबै दवावलाई बेवास्ता गर्दै आज झलनाथले गृह माओवादीलाई दिएका छन् ।
Photobucket
अब के हुन्छ ?
यसअघि आलोचनाबाट बँच्न केन्द्रिय कमिटिको बैठक स्थगीत गरे पनि ओली बिदेश गएको मौका पारेर बिहिबार केन्द्रिय कमिटिको बैठक बोलाएका छन् । तर सरकारको कार्यशैलीप्रति दिक्क भएको र माओवादीको कुरामात्र सुनेको भनेर अहिले उनकै पक्षका सदस्य पनि उनी प्रति सन्तुष्ट छैनन् । यसैले ति सबैको तातो रिस बिहिबारको केन्द्रिय कमिटिमा पोखिने पक्का छ । माओवादीलाई गृह दिए झलनाथसँग हिसाबकिताब हुन्छ भनेर सार्वजनिक चुनौति दिएका केपी ओली र उनका पक्षधरले झलनाथको राजिनामा माग्ने स्थिती बन्ने सम्भावना पनि कायम छ ।

यदि साँच्चै नै ओली पक्षधर हावी भए पार्टीमा चरम गुटबन्दी देखिने र यसबाट जे पनि हुन सक्ने स्थितीको आंकलन गर्न गार्हो छैन ।




माओवादीमा पनि कम छैन विवाद
प्रचण्डले बर्षमान पुनलाई गृह मन्त्री बनाउँन चाहे पनि उपाध्यक्ष मोहन बैद्यले देव गुरुङ्गलाई अघि सारे । जसबाट माओवादीमा गृहको विवाद उत्कर्षमा पुग्यो । न तेरा न मेरा भन्ने स्टाइलमा अन्तमा प्रचण्डले कृष्णबहादुर महरालाई गृहका लागि सिफारिस गरे । जसको कारण पुनले शान्तिमन्त्रीबाट राजिनामा दिइसकेका छन् ।

3 comments:

बदमास said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

एमाले फ्ट्न सक्छ, यदि केपी ओलीमा दम छ भने । तर केपी ओली मुखको मात्र बाघ हो । गाली गर्छ अनि चुप लाग्छ ।

कुसुन प्रधान said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अब चै भलन् खैलाबैला हुने भयो । यो राजनीति पनि यति सडाउ भइसक्यो कि । त्यै पनि नेताहरुलाई कस्तो लाज नभएको ?

जीवन रसाइली said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साला यो पद भन्ने कुराले पनि मानिसलाई कुकुर नै बनाउँदो रैछ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।