जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हरिवंश दाइ, यसो गरे कसो होला ?


-मिलन तिमिल्सिना-
हरिवंश दाई, तपाईंले हसाउँदा पेट मिचिमिची खित्का छाडेर हाँस्ने समस्त मान्छे अहिले तपाईंसँगै रोएको छ । तपाईंले आर्यघाटमा जीवनसंगिनी मिराको शवलाई एकटकले हेर्दै आँखा पुछ्दा देख्नेसुन्नेको पनि आँखा रसाएको थियो । तपाईंको जस्तै धेरैको आँखाको डिल कालो भएको थियो । अनुहार मलिन र उदास थियो । उफ्……..भन्दै अहिले पनि धेरैले सुस्केरा हाल्दैछन् हरि दाई । सधैं हँसाईरहने मान्छे आफैं रुँदा कसको मन थामिन्छ र दाई ? पत्नीवियोगले तपाईं रुनुभयो । मातावियोगले छोराहरु रोए । पत्नीपछिको तपाईंको अर्को जोडीले त झन् कसरी मन थाम्न सक्थे र ? मदनकृष्ण पनि तपाईंसँगै बसेर रोए । कलाकार रोए । पत्रकार रोए । व्यापारी व्यवसायी रोए । टेलिभिजनको पर्दामा तपाईं देखिने बित्तिकै हाँस्ने सबैजना रोए ।




दुःखको यो क्षणमा तपाईंप्रति सबैले समवेदना प्रकट गरेका छन् । मिरा दिदीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । धेरै खर्च गरेर पत्रिकामा ठूल्ठूला विज्ञापन छपाउन सक्नेले त श्रद्धाञ्जली र समवेदना अर्पण गरेर देखाईदिएका छन् । त्यस्तो गर्न नसक्ने धेरैले १३ औं दिनमा मात्रै होईन हरदिन श्रद्धाञ्जली र समवेदना प्रकट गरिरहेका छन् ।

हरिवंश दाई, तपाईं र मदन दाइ हँसाउने जोक्कर होईन, हाँस्यव्यंग्यका सभ्य, स्वस्थ र स्वच्छ खुराक पस्केर देश र समाजलाई मार्गदर्शन दिने अगुवा हुनुहुन्छ । समाजसेवामा तपाईंहरुले गर्नुभएको योगदान कसले भुल्न सक्छ ? दोस्रो जनआन्दोलनमा घाईतेहरुको उपचारको लागि रकम संकलन गर्ने तपाईंहरुको महान कार्यलाई कसले बिर्सन सक्छ ? तपाईंहरुले अभियान शुरु गरेपछि स्वःस्फूर्त रुपमा सरसहयोग गर्नेको हूल लागिहाल्छ । जनआन्दोलनमा घाईतेको उपचार खर्च जुटाउने अभियानमा पनि यसै भयो ।
दाइ मरेपछि मान्छेको गुनगान गाउने चलन हिजोआज हृवात्तै बढेको छ । पत्रपत्रिकामा ठूल्ठूला अक्षरमा श्रद्धाञ्जली छपाएर देखावटी काम गर्ने होडबाजी उत्तिकै छ । पत्रिकामा छपाउन सक्नेले मात्र होइन, नसक्नेले पनि उसैगरी श्रद्धाञ्जली र समवेदना प्रकट गरेका हुन्छन् । मैले तपाईंको दुःखमा साथ दिएको छु भन्नेको मात्र होईन, साँच्चै दुःख अनुभूति गर्नेको पीडा झन् छर्लङ्ग देख्न सकिन्छ । त्यसैले दाइ पत्रिकामा श्रद्धाञ्जली छपाउन सक्ने भन्दा धेरै छन् तपाईंको दुःखलाई आफ्नै पीडा महसुस गर्नेहरु ।
हरिवंश हाम्रो देशका गाउँठाउँमा धेरैले अझै पनि सर्वसुलभ स्वास्थ्य सेवा पाउन सकेका छैनन् । उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । तपाईं जस्तै जीवनसाथी, परिवारजन र आफन्तको वियोगमा धेरैजना छटपटाई रहेका छन् । उपचार संभव भएपनि पैसा संभव नभएकाले धेरैको बिचल्ली भएको छ । कुनै कोष खडा गरेर रकम संकलन गर्न सकेमा उनीहरुको उद्धार हुन सक्थ्यो ।
हरिवंश दाई, तपाईंप्रति समवेदना र तपाईंको पत्नीप्रति श्रद्धाञ्जली अर्पण गर्न पत्रिकामा विज्ञापनको लागि खर्च भएको रकम यउटा यस्तै महान काममा खर्च गर्न पाए कसो हुन्थ्यो ? तपाईंले पत्नीको नाममा एउटा कोष खडा गर्नुभएको भए, तपाईंप्रति समवेदना प्रकट गर्ने क्रममा हुने खर्च त्यो कोषमा जम्मा हुन्थ्यो । अनि त्यो कोषको रकम पैसा नभएर थलिएका रोगीको उपचार र तपाईं जस्तै पीडामा छटपटिएका अरुलाई मल्हम लगाउन सकिन्थ्यो । मात्र श्रद्धाञ्जलीको नाममा हुने अनावश्यक देखावटी र तडकभडकलाई यसैगरी सही काममा सदुपयोग गर्ने पहल तपाईंबाटै किन शुरु नगर्ने हरिवंश दाई ? मेरी पत्नीको निधनमा पत्रिकामा श्रद्धान्जली दिनुको साटो त्यो पैसा जम्मा गरेर गाउँमा एउटा स्वास्थ्य चौकी स्थापना गरौं भनेर तपाईले आह्वान गरेको भए कस्तो राम्रो हुन्थ्यो हरि दाई ? कर्णालीको कुनै दुर्गम गाउँमा एउटा पनि स्वास्थ्यचौकी स्थापना गर्ने पैसा जम्मा पार्न सकेको भए सन्तान जन्माउन नसकेर आमा-छोरा दुवैको ज्यान जाने र पत्नी यिबोगमा जीवनभर तडपिने सयौं नेपालीको आँसु पछुन सकिन्थ्यो कि ?



अझै पनि ढिला भएको छैन, यो एउटा सुन्दर सामाजिक क्रान्तिको अगुवाई तपाईजस्ता दिलदार कलारकारले मात्र गर्न सक्छन । समाज बदल्न लागि पर्नुभएका तपाईं जस्ता प्रतिष्ठित र सफल व्यक्तिबाट यति आश त गर्न पाईएला नि ? तपाईंले हँसाउँदा सँगै हाँस्ने र रुँदा उसैगरी आँशु पुछ्ने समस्त नेपालीको लागि यसो गरे कसो होला हरिवंश दाई ?
onlinekhabar.com बाट


4 comments:

लक्ष्मि शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामीले तपाईको लागि कुनै पत्रिकामा महगों समवेदना छाप्न नसके पनि हामीलाई पनि तपाईको दुखले छोएको छ । भगवानले तपाईलाई सहने क्षमता दिएन ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ke waiyaat article ho? haribansha ji is in a shock, how can u expect collecting money for poor people at this stage? dont make a nonsense comment on someone's grive.

अनिल श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

माथिल्लो कमेन्टमा समर्थन गर्छु । तर सायद लेखकले उनलाई महामानव पो सम्झिएका छन् कि । हरिवश एक मानव हुन् । दुख र शोकले उनलाई पनि छुन्छ ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

sympathi to haribansa dai

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।