जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'सहमति' शब्दको फजुल प्रयोग

-निमा वाङ्गेल लामा-
नेपाली बृहत शब्दकोषका अनुसार सहमति शब्दको अर्थ कुनै खास विषयमा सबैको एकमत निर्माण हुनु हो । अर्थात कुनै पनि कार्य गर्न सबैको एकमत निर्माण गर्नु वा गराउँनु हो । तर सहमति शब्दलाई नेपाली राजनीतिक दलका नेताहरुले उल्टो अर्थ लाग्ने बनाइदिएका छन् ।
Photobucket
राजनीतिक दलहरुबीच विगतदेखि सयौं सहमति भए पनि त्यस्ता सहमतिको अक्षरशः कार्यन्वयन हुने हो भने नेपाल वास्तवमै राजनीतिक रुपमा मतिभ्रष्ट मुलुकका रुपमा नभई असली र व्यवहारिक राजनीतिक संस्कारयुक्त मुलुकका रुपमा चिनिने थियो ।
विगतका प्रसंग पन्छाएर नेपालले औपचारिक रुपमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको युगान्तकारी फड्को मार्दै विधिवत रुपमा शासकीय सुधार गरिसकेको छ । सोही मेसोमा राजनीतिक रुपमा उठेका समस्या समाधान खातिर थुप्रै औपचारिक र अनौपचारिक सहमतिहरु भए । तिनीहरुको मर्म बुझेर कार्यान्वयन गर्ने हो भने पनि राजनीतिक रुपमा मुलुकले ठुलो फड्को मारिसक्नु पर्ने हो । यद्यपी वास्तविक रुपमा भन्नु पर्दा सहमतिका नाममा दलहरुले गम्भीर विकृति जन्माएका छन् ।

सहमति भइसक्यो, अलिकति कुरा मिल्न बाँकी छ, केहि कुरामा सामान्य मतान्तर छ । अरु सबै विषयमा हाम्रो एकमत बनिसक्यो भनेर सञ्चारमाध्यममा नेताहरुले अभिव्यक्ति दिन्छन् । त्यसलाई नेपाली जनताले विश्वास गर्नै पर्छ । तर, पछिल्लो समय नेतृत्वले गर्दा देखापरेको राजनीतिक अन्यौलका कारण यस्ता भ्रममा जनताले विश्वास गर्न छाडेका छन् ।



राजनीतिक समस्यालाई सहमतिमा टुंग्याउँने भन्दै पाँचतारे होटल, रिसोर्ट, सिंहदरबार, संविधानसभा भवन, बल्खु, सानेपा, पेरिस डाँडा, बालुवाटार, विदेशी भुमिमा कयौं पटक बैठक बसिसकेका छन् ।
Photobucket
सहमति नहुनुको मुख्य कारण यही नै हो ।
तर सहमतिको स पनि हुन सकेको छैन । र, शान्ति प्रक्रिया जहाँको त्यही अड्किरहेको छ । बैठकस्थलमा बैठक बसिरहेको होइन, ठगहरु बसिरहेको भन्दा फरक नपर्ला । राष्ट्रको ढुकुटी रित्याएर बैठक बस्नु मोजमस्ती गर्नु होइन र ?



पछिल्लो समय तातो विषय बनेको संविधान निर्माण, सरकार गठन, बजेट घोषणा जस्ता थुप्रै विषयहरु लगायत राज्यको पुनर्सरचना जस्ता विषयवस्तुहरु दलहरुको असहमतिको गम्भीर शिकार भइ बिनाकारण सहमति शब्दलाई फोहोरको कन्टेनरमा मिल्काएका छन् । थुप्रै असहमतिका पक्ष र विषयहरु हुँदाहुँदै दलहरुको सहमतिको उच्चारण गर्न भने छाडेका छैनन् । बजेट ल्याउँने सन्दर्भमा नै दलहरु बिच असहमति हुँदा मुलुकमा आर्थिक संकट पर्ने तथा देश असफल मुलुकको सूचिमा पर्ने निश्चित छ ।

यस अवश्थामा दलहरुले असहमत पक्षलाई सहमत पक्ष बनाएर जनता झुक्याउँनु भन्दा जति सकिन्छ त्यसमा सहमति जुटाउँने र बाँकीलाई दलिय स्वार्थ भन्दा माथि उठेर वास्तविक सहमति निर्माणका लागि क्रियाशिलता देखाउँनु निर्विकल्प छ ।



2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी पो कस्ता नागरिक, नेताले जे भने पनि पत्याउँने ?

risab nepal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पछिल्लो समय नेतृत्वले गर्दा देखापरेको राजनीतिक अन्यौलका कारण यस्ता भ्रममा जनताले विश्वास गर्न छाडेका छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।