जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पाँचतारेबाट प्यारा जनतालाई चिठ्ठी


दिनाकं : २०६८/०३/०१
बाबु,
तिमीले स्विकारे बमोजिम तिमी पुछारमा अनि म सत्ताको शिखरमा वा वरिपरि रहेकोले हैसियत अनुसार बाबु भनेर सम्बोधन गरेको छु । भन्नलाई त फुच्चे भन्न मन लागेको थियो । तर कुनै कुनै एफएमहरु सानालाई फुच्चे नभन्नु भनेर मानिसहरु उचालेको उचालै छन्, यसैले 'रिस्क' लिन मन लागेन । अतः बाबु भन्दैछु ।

बाबु ! म कति उत्तरदायी छु भन्ने त तिम्रो पत्रको जवाफ आएको देखेरै थाहा पाइसक्यौ होला । अहिले हामी राजधानीको पाँचतारे होटलमा देशका बारेमा गम्भिर छलफलमा व्यस्त छौ । वेटरले अलिकति ढिलो गर्नाले बेलाबेला छलफलमा अबरोध आएपनि अरु अबरोध केहि छैन । यस्तो गम्भिर परिस्थितीमा पनि म तिमीलाई पत्र लेख्दैछु । मज्जाले पत्र पढ्नु । देशको बारेमा नसोच्नु । हामी पाँचतारेमा बसेर चिल्ला गाडीमा दौडिएर सोचेका साचै छौ । तिमी भोको पेटले सोचेर केहि हुदैन ।


हामीलाई देशको कति चिन्ता छ भनेर तिमीलाई भनिरहनु नपर्ला । हामी जतिबेलै देशका बारेमा सोच्छौ । पजेरोमा दौडदा होस् कि पाँचतारेमा लञ्च र डिनर गर्दा । पप्लु र म्यारिज खेलिरहदा पनि हामी देशका बारेमा सोच्न भने छाड्दैनौ । विदेश भ्रमण गएका बेलामा जति देशको माया अरुबेला कहिलै लाग्दैन । यसैले देशलाई झन् माया गर्न विदेश गइराखिन्छ । संविधानसभामा नगएको दिनको भत्ता बुझ्दा अझ देशको चिन्ताले अगाडीको पानी ट्यांकीको धुरी छुन्छ । गद्दाफी जस्तो चेस खेल्न नआएर मात्रै हो नत्र हामीलाई चेस खेलेर पनि देशका बारेमा सोच्न मन थियो । बाबु ! मिल्छ र आउँछ भने अर्को पत्रमा चेसको नियम लेखेर पठाउँन नबिर्सिनु ।



बाबु ! तिमीलाई अलिकति भ्रम भएछ । तिमी आफै भन्छौ, हामी नेताहरु बालुवाटार र सिंहदरवारमा छौ । तिमी आफै भन त, देश चलाउँने मन्त्रालय र बरिष्ठ आसन हुने ठाउँ जस्तो सम्माननिय ठाउँ अरु कहाँ छ ? यसैले तिमीहरुको मनोभावनाको कदर गर्दै यतै विराजमान भएकाहरु त्यही टासिरहन अनि नभएकाहरु त्यहाँ सम्म पुग्न हरतरहका कोशिस गरिरहेका छौ । कुरा रह्यो, बुख्याँचाको । बुख्याँचा भएर हामी कुर्सी नियालिरहेका छौ ता कि त्यो कुर्सीमा कुनै राष्ट्रघाती बस्न नपुगोस् । स्मरण रहोस्, यो देशमा म बाहेक कोही पनि राष्ट्रियताको सवालमा स्पस्ट र निष्कलंक छैन । 

तिमीले संविधानसभालाई हाम्री आमा भनेछौ । नाता सम्बन्ध केलाउँन तिमी कलिलै भएको जस्तो लाग्यो । हामी चै आमा थियौं संविधानसभाको । तर अहिले त संविधानसभाको लागि त हामी नै परमपिता ब्रम्हा हौ । हामीले चाहेमा संविधानसभाको मृत्यु गराउँन सक्छौ र, फेरि चाहेमा जीवनदान दिन सक्छौ । यो बारेमा तिमीलाई अरु कुनै शंका छ भने तिमी भन्दा केहि बाठा गाउँका कुनै नेतालाई सोध्नु है बाबु ।

तिमीले हाम्रो बारेमा पनि केहि द्धिविधात्मक कुरा ग¥यौ । बाबु तिमीले हामी जस्ता थियौ त्यस्तै रहेका पनि भन्यौ र अलिक मोटो भएको पनि भन्यौ । यो कसरी सम्भव छ । हामी जस्ता थियौ, त्यस्तै छैनौं । हामी मोटाएका पक्कै छौ । तर यो मोटोपनको बाबजुद हामीले निकै ठुलो छर्लाङ् मारिसकेका छौ । नपत्याए तिम्रो र हाम्रो बिचको दुरी हेर । यो त्यही छर्लाङ्को उपज हो बाबु । रह्यो कुरा पुल्ताको । त्यो पुत्ला होइन । तिमीले गलत बुझेछौ । त्यो त जनताको माया हो । हाम्रो नाममा जनताहरु न्यानोपन भेट्छन् । यसैले हाम्रो नाम र प्रतिमा तापेर जिउ तातो बनाइरहेका छन् ।

महानताका कुरा गर्छौ भने बाबु नेपालमा बाँचुञ्जेल कोही महान् हुदैन । बाचुञ्जेल जति पुत्ला जलाउँछौ, मरेपछि त्यो भन्दा बढि भजन गाथा गर्छौ ।  गीरीजाबाबुको जीवन लिला थाहा छ भने त्यै सम्झ । मिल्दैन र मात्रै बाबु ! नत्र म मरिसकेपछि आफै आएर मेरो भजनगाथा देखाउँदै भन्ने थिएँ, 'देख्यौ त ?'

यसैले बाबु ! नानाथरी नसोच्नु । धेरै सोच्यो भने स्वास्थ्य बिग्रन्छ । बिरामी मानिसले कति टाढा ढुंगा हान्न सक्छ र ? आन्दोलनमा तिमीले पनि ढुंगा हान्नु पर्छ । यो ऐतिहासिक कार्यभारलाई बिरामी भएर नत्याग । अर्को पत्रमा चेसको नियम लेखेर पठाउँन नबिर्सिनु नि ।



यसैले ढुक्क होउ । पशुपतिनाथले देशको भलो गरिरहन्छन् ।
उही तिम्रो भाग्यविधाता


4 comments:

Dibas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

liked.

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अति क्या । नेतालाई चेसको पत्र लेख्नु पर्ला ।

अरुणिमा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रा नेताहरु पाँचतारेबाट कति गम्भिर छलफल गर्छन् भन्ने कुराको ऐना देखियो ।

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

netaji jindaabaad. kya bindas neta ji hai. abako chunabma ma enlai nai vote halchhu pakka.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।