जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

च्याउ खान अनुभव र विश्वास होइन, ज्ञान चाहिन्छ

च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबद्धक खाद्ययवस्तुका रुपमा चिनिने गर्छ । बर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरुमा समेत च्याउहरु प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रुपमा उम्रने च्याउहरु कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरुमा खानयोग्य र बिषालु छुट्याउँन गा¥हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरु परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरु अकालमा मृत्युको शिकार बन्छन् । यसैले यो बर्षाको समयमा च्याउको बारेमा केहि जानकारी साटासाट गरौं


च्याउको सामान्य जानकारी
लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।




खान योग्य च्याउहरु पनि बुझेर मात्र खानुपर्छ
धेरै प्रजातीहरु खान योग्य च्याउहरुलाई कृत्रिम रुपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरु जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरु पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन् । जस्तैः कुहिन थालेका च्याउहरु, कोप्रिनस प्रजातीका च्याउ रक्सीसँग खाएमा बिषालु हुन्छ । 

च्याउका बारेमा रहेका केही गलत धारणाहरु र तिनको खण्डन
खान योग्य च्याउहरु चम्किला र उज्याला हुन्छन् Mधेरै खानयोग्य च्याउहरु चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरुमा पनि यो गुण हुने गर्छ । धेरै बिषालु च्याउहरु सेतो रंगका हुन्छन् । एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया (Amanita muscaria) चम्किलो रातो तथा पहेलो हुनेगर्छ । (हेर्नुहोस् तस्विर)


किराहरुले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन M किराहरुका लागि बिषालु नहुने च्याउहरु मानिसहरुका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स (Amanita phalloides) प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ । 

बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ M धेरै मानिसहरु पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन ।


बिषालु च्याउहरु स्वादिला हुँदैनन् M धेरै मानिसहरु खानयोग्य च्याउहरुमात्र स्वादिला हुने र बिषालुहरु तिता या टर्रा हुनेमा विश्वास गर्छन् । तर एमानिटाको बिषालु च्याउ खाँदा स्वादिलो भएको भनि यसको सेवन गरेर उपचार पछि बाँचेकाहरुले बताएका छन् ।

राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् M जति पकाएपनि बिष भनेको बिष नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरुले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् ।

बिषालु च्याउले भातलाई रातो बनाउँछ M यो गलत सोचाईले पनि मानिसहरु मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरुले पनि च्याउसँग सेतो भात नै खाएका थिए ।

बिषालु च्याउको टुप्पो तिखो हुन्छ M एमानिटा फालोइड्स (Amanita phalloides) प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सम्म मिलेको हुन्छ । धेरै बिषालु च्याउहरुमा पनि टुप्पो तिखो हुदैन ।(हेर्नुहोस् तस्विर)





बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ <
बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरु बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ ।

बिषालु च्याउबाट कसरी जोगिने <
यसैले बिषालु च्याउ खानबाट जोगिने भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखाने । च्याउ खाएपछि बान्ता भए तुरुन्त अस्पताल जाने । 


5 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

च्याउका बारेमा यस्ता धारणाहरु साँच्चै नै मानिसको ज्यान लिन सक्छन् । वैज्ञानिक तथ्यमा आधारित कुरामात्र पत्याउँ र आफ्नो ज्यान जोगाऔं ।

इश्वर मल्ल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो गाउँमा पनि केही बर्ष अगाडी केटाकेटीले जंगलबाट ल्याएको च्याउ खाएर मान्छे मरेका थिए । केटाकेटीले खेलाएर र हल्लाएर च्याउ नचिनिने बनाएका हुन्छन् । त्यस्तो च्याउ नखान अनुरोध गर्दछु ।

नलिना शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जंगली च्याउले लिन सक्छ ज्यान । होस गरौं ।

जीवन पन्थी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तो सूचना सरकारले मिडियामा दिनु पर्ने हो । किन सरकार वास्ता गर्दैन ।

ध्रुव श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरकारको कुरा छोडौ मित्र । आफ्नो ज्यान आफै जोगाऔं ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।