जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्री-प्रचण्ड चिसै पानीले नुहाउने सुरमा

गाउँठाउँतिर एउटा प्रचलित कहानी छ । एक दिन जाडोको बेला श्रीमानले श्रीमतीलाई भनेछन्- ‘छिटो पानी तता, मलाई नुहाउनुपर्यो ।’ श्रीमानको व्यवहारले सधैं हैरान भएकी ती श्रीमतीले श्रीमानको कुरा टेरपुच्छर नै लगाईनन् । श्रीमानले फेरि झपारे-’पानी तता भने । नत्र…………..।’ श्रीमती पनि के कम । ‘तताउँदिन के गर्छौ ?’ भन्दै आफ्नो काममा लागिन् । केही जोर नचलेपछि श्रीमानले भनेछन्-’उसोभए चिसै पानीले नुहाउँछु ।’
मन्त्रिपरिषद पुनर्गठनको विषयमा माओवादी र प्रधानमन्त्रीको घुर्की अहिले ठ्याक्कै यस्तै भएको छ ।


माओवादीले आफ्ना नयाँ मन्त्रीहरुलाई शपथ खुवाउन प्रधानमन्त्रीलाई बुधबार बिहानसम्म ८ बजेसम्मको समय दिएको थियो । राम्रोसँग निन्द्रा नपुग्दै आठ बज्यो । न प्रधानमन्त्रीले शपथ खुवाए, न माओवादीले केही नै गर्यो । त्यसो त कुनै हालतमा नयाँ मन्त्रीलाई शपथ खुवाउन भनेर घुर्की लाएका प्रधानमन्त्री झलनाथ खनालले पनि केही दिन समय दिनुपर्यो भनेर हतारहतार माओवादीलाई ‘प्रेमपत्र’ पठाए ।

‘प्रेमपत्र’मा राज्यमन्त्री नभएपनि मन्त्रीहरुलाई चाहिं उपयुक्त तिथि मिलाएर शपथ खुवाउने उल्लेख भएको स्रोतको भनाई छ । बेकारमा निहुँ खोज्नुभन्दा यही ठीक भनेर माओवादीले आफ्नो अल्टिमेटम पनि बिस्र्यो । हुँदै हुँदैन भनेर ढिपी कसेका खनालले पनि टालटुले उपाय अपनाए । स्रोतका अनुसार तत्काल राज्यमन्त्रीलाई छाडेर मन्त्रीहरुको मात्र शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीको यो प्रस्तावमा माओवादी पनि सकारात्मक छ । तर, कांग्रेस र एमालेकै नेताहरु समेत यसमा सहमत छैनन् ।

कांग्रेस र नेपाल-ओली पक्षले त्यसै नछाड्ने 
हल्लन थालेको कुर्सीलाई जोगाउन प्रधानमन्त्री खनालले तत्काललाई टालटुले उपाय अपनाउन खोजेपनि कांग्रेस र उहाँकै पार्टी एमालेले साथ नदिने भएका छन् । ‘मन्त्रीहरुको मात्रै शपथको कुनै सम्भावना छैन’ एमाले नेता कृष्णगोपाल श्रेष्ठले भन्नुभयो-’पार्टीको संस्थागत निर्णय विपरीत प्रधानमन्त्री चल्न सक्नुहुन्न । तत्काललाई मन्त्रिपरिषद पुनर्गठन नगर्ने पार्टीको निर्णय हो । मन्त्री, राज्यमन्त्री कसैको पनि शपथ हुने छैन ।’ पार्टी निर्णय विपरीत प्रधानमन्त्री चल्न खोजेमा उहाँको अध्यक्ष पद पनि सुरक्षित नहुने श्रेष्ठले चेतावनी दिनुभयो ।

कांग्रेस पनि कुनै हालतमा मान्ने पक्षमा छैन । ‘हामी कुनै हालतमा सहमत हुन सक्दैनौं’ कांग्रेस नेता चन्द्र भण्डारीले भन्नुभयो-’सानातिना कुरामा अल्झन हुँदैन । पाँचबुँदे सहमति कार्यान्वयनको लागि उहाँले राजिनामा गर्नुबाहेक अर्को कुनै विकल्प छैन ।’

 पाँचबुँदे सहमति अनुसार राजीनामा गर्न प्रधानमन्त्रीलाई चौतर्फी दबाब आएको छ । तर अर्को विकल्प नहुँदासम्म प्रधानमन्त्री राजीनामा नदिने अडानमा कायमै हुनुहुन्छ । कांग्रेस र एमालेको नेपाल ओली पक्षले राजिनामाको मुद्दालाई चर्काएपनि माओवादीको संस्थापन पक्ष यसमा मौन छ । बाबुराम भट्टराईलाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपनि प्रचण्ड अहिल्यै त्यो भएको हेर्न चाहानुहुन्न । बाबुराम बाहेकका अरु नेताहरुलाई पनि एकपटक नयाँ अनुहार सरकारमा गएको हेर्नुछ ।

यस हिसाबले प्रधानमन्त्रीको टालटुले प्रस्तावलाई समर्थन गर्नु माओवादीलाई उचित लागेको छ । तर प्रधानमन्त्रीको प्रस्ताव अनुसार मन्त्रीहरुलाई मात्र शपथ गराउनु पनि त्यति सजिलो चाहिं छैन ।
(साभार : अनलाईनखबर)

7 comments:

सलोन पौड्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालको राजनीति यस्तै घुक्र्याईमा चलेको छ । सकेसम्म घुर्की देखाउँने होइन भने मिल्ने । लोग्ने र स्वास्नी जस्ता भए नेपालका दलहरु ।

सन्तोष निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तै हो नीति र सिद्धान्त एकातिर अनि राजनीति अर्कोतिर भएपछि ।

दिनानाथ बुढाथोकी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जे गरे नी सुख छैन ए मेरी बास्सै ।

prabin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

rajniti vaneko besyako konike vane jasto ho hamro nepalma. asaile rajniti ko kura nagarda nai ramro hola. gu vanne janda jandai chalaunu kina.

दुर्गाराज कार्की said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कतै नभएको जात्रा हाँडी गाउमा भने जसतो ।

prabin said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepalko rajniti vaneko besyako konike vane jasto ho saathi, tesaile rajnitiko kura nagareko nai ramro. aakhir gu vanne janda jandai chalaunu kina? haina ra?

भुट्भुटे कान्छो said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

रमाइलो छ सालाहरुलाई जसो गरे पनि भकै छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।