जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

होमस्टेका लागि हामी कति तयार छौ


नेपालमा होमस्टे सञ्चालन गर्नेले प्रयोग गर्नु पर्ने लोगो
ठुला ठुला होटल र सुबिधासम्पन्न होटलको खोजीमा नेपाल आउँने पर्यटकको संख्या एकदमै कम हुन्छ । नेपालमा भएको प्रकृति, कला र संस्कृति नै पर्यटन आकर्षणको मुल आधार हो । यसैले देखावटी सम्पन्नता भन्दा आफ्नै शैलीमा हामीले पर्यटकलाई तान्न सके त्यो दिगो र परिणाममुखी हुन्छ । यसका लागि होमस्टे अवधारणा धेरैहदसम्म सही र दिर्घकालिन हुन सक्छ । नेपालका कैलाली र लमजुंगजस्ता ठाउँहरुमा यसको प्रयोगबाट त्यहाँका स्थानियले लाभ लिइरहेका छन् । होमस्टे वास्तवमा कति सजिलो अवधारणा हो भन्ने जानकारीका लागि भियतनामको होमस्टेबाट प्रभावित एक नेपालीको भियतनामको होमस्टेमा जे देखे त्यो यहाँ राखिएको छ । हेर्नुहोस्


-चेतनाथ कणेल-
भियतनामका ५८ प्रान्तमध्ये यसको मध्य क्षेत्रमा पर्ने क्वाङबिन्ह प्रान्तमा विश्वप्रसिद्ध सम्पदास्थल फोङ नाकेबाङ राष्ट्रिय निकुञ्ज छ । विश्वप्रसिद्ध प्याराडाईज गुफा पनि यसै निकुञ्ज भित्र पर्छ । यस क्षेत्रमा होमस्टे पर्यटन विस्तार पनि स्थानिय सरकारले चासो देखाएको छ । यहाँको चेल्याप भन्ने गाउँमा दुई तिन बर्ष देखि गजबको होमस्टे सञ्चालनमा रहेछ । यो होमस्टेका मालिक ६० बर्षे होवाङ खाई, श्रीमती, छोरा, बुहारी र नातिनातिनासँगै बस्छन् । मूल घरको छेउमा होमस्टेका लागि भनेर अर्को टहरो बनाईएको छ । टहरो टिन र खरले छाईएको छ । भित्तामा बाँसको भाटा र माटोको लिउन प्रयोग गरिएको छ । पाहुनाका लागि त्यही टहरे घरमा आनन्ददायी बेडहरु राखिएका छन् ।
२ २ वटा बेडका तिन कोठाहरु छन् । हरेक कोठामा अलग अलग एट्याच बाथरुम र ट्वाइलेटहरु छन् । विजुली पानीको राम्रो सुबिधा छ । गाईको गोठ घरदेखि केही पर राखिएको रहेछ, जसले गर्दा खाने र सुत्ने कोठासम्म त्यसको गन्ध नआउँने रहेछ । पाहुनाका लागि तौलिया, साबुन, चप्पल सबै व्यवश्था गरिदो रहेछ । खानेकुरामा सबैकुरा स्थानिय र अर्गानिक (रसायनिक मलखाद र बिषादी प्रयोग नगरिएका) नै हुने रहेछ ।

किचन फराकिलो छ । वरपर घुम्न जाँदा घरभेटीले नै लिएर जान्छन् । गाउँदेखि अलिक टाढा दिनभरको लागि घुम्न जाने हो भने लन्चप्याक को पनि व्यवश्था हुने रहेछ । तपाईले हाम्रो ठाउँ (होमस्टे) मा टिभी, रेडियो र टेलिफोन खोज्न पाउँनुहुन्न । यो शान्तिपुर्ण होमस्टे हो । होमस्टेका सञ्चालक खाई यसै भन्छन् सबैलाई ।

नेपालमा पनि अहिले देशभर होमस्टेको अभियान चलिरहेको छ । होमस्टेका लागि कार्यविधी पनि बनिसकेको छ । सिरुबारी, घनपोखरा, घलेगाउँ, घान्द्रुक, श्रीअन्तु, वारपाक आदि ठाउँमा होमस्टे चलनमा आएको धेरै भयो, तर उदाहरणिय होमस्टे गाउँका रुपमा हामीले अहिलेसम्म कुनै पनि गाउँलाई तयार पार्न सकेका छैनौं । सरकारले दिएको नयाँ दायित्व अनुसार अब हामी सबैले यस तर्फ पहल गर्नु आवश्यक छ ।

/>

3 comments:

anima said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nepal astai ho. tara bistarai sabai thik hola.aasa garau.

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

It is so easy to start home stay.

निर्मल बस्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

होमस्टेको अवधारणा त राम्रो र सफल अवधारणा पनि हो । तर नेपालको बिग्रदो सुरक्षास्थितीको कारण सुरक्षा खतराले यसको विकाशमा बाधा पुग्छ । पहिले त सुरक्षास्थिती राम्रो हुनु पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।