जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तिमेरुको त जागिर मात्र कसैको त ज्यानै गयो

रुपन्देहीको शंकरनगर बस्ने धनकुमारी घाँटीको अपरेसन गर्न भनेर चितवनको विपी कोइराला मेमोरियल अस्पताल भर्ना भइन् । तर डक्टर जितेन्द्र परिवार लगायतको टोलीले उनको घाँटीको साटो पाठेघरको अप्रेसन गरिदियो । धन्न भाग्य बलियो थियो र बाँचिन् धनकुमारी, नत्र त कतिको डक्टरहरुको हेलचेक्राईले ज्यानै गएको छ । त्यो टोलीको भनाई अनुसार अर्की बिरामीको पुर्जी साटिएकाले त्यस्तो भएको थियो । उनीहरुको बहानाले थामेन, आज अस्पतालले उनीहरुको जागिर खाईदियो ।




सोही समयमा आफन्तहरुले घाँटीको अप्रेसन हो भन्दा भन्दै डक्टरले पाठेघर फालेको भन्दै निकै समय बिरोध गरेका थिए । अस्पताल प्रशासनले घाँटीको अप्रेसन सित्तैमा गरिदिने भन्दै पिडितलाई थुम्थुम्याएको थियो । त्यसबेला पिडितहरुले जितेन्द्र परियारको नाम तोकेर कारवाहीको माग गरेका भएपनि अस्पताल प्रशासनले उनको नाम गोप्य राखेको थियो । तर आज डक्टर जितेन्द्र परियार लगायत १३ जनालाई अस्पतालले निलम्बन गरेको छ ।

निलम्बन हुनेहरुमा डा. जितेन्द्र परियार, डा. भावना वाग्ले, डा. रञ्जना शाह लगायत चार नर्स र पाँच कर्मचारी रहेका छन् ।

सम्बन्धित समाचारहरु
घाँटीको अपरेसन हो भन्दा भन्दै पाठेघर फालिदिए
नेपालका डक्टरहरुलाई के भ'को यस्तो ?




3 comments:

अवकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता भाते डक्टरको जागिर मात्र होइन, सर्वस्वहरण गर्नु पर्ने । आफ्नो कर्तव्यबाट च्यूत भएको मान्छे पनि के मान्छे । यीनीहरु त मान्छे नै होइनन् ।

Kamal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yasta doctorlai ta purai certificate khosera ghar pathaunu parne thyo. kam vayo sajaya

Bikram Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आज अस्पतालले उनीहरुको जागिर खाईदियो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।