जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राजनीतिको नयाँ दृष्य

-पराशर रिजाल, ताप्लेजुङ-
एक समय कसैले 'के गर्दैछस्' भनेर सोध्यो भने रवाफसाथ 'राजनीति' भनेर जवाफ दिईन्थ्यो । गर्वले छाती ढक्क फुल्थ्यो । राजनीति गर्नुको अर्थ हुन्थ्यो त्यागी हुनु, अन्याय अत्याचारका बिरुद्ध बोल्नु, असल संस्कृतिको पक्षमा वकालत गर्नु र अपराध र फट्याईलाई निरुत्साहित गर्नु ।

राजनीति भनेको पुरानो राज्यव्यवश्था, सामन्तीसत्ता बिरुद्ध साहसिक युद्धका रुपमा पनि हेरिन्थ्यो । त्यसैले राजनीति सीमित साहसिक, असल र प्रतिबद्ध मान्छेले गर्ने गर्थे । मूल्य त्यसको प्राण हुन्थ्यो । आज हरेक ठाउँमा राजनीति छ । मूल्यमान्यताविहीन राजनीति । मूल्यमान्यताको राजनीति गर्नेले राजनीति गर्दैछु भन्न पनि लाज मान्ने स्थिती आएको छ ।


आज राजनीति गर्दैछु को अर्थ हुन्छ, मन्त्री वा सांसद भएर देशको ढुकुटी रित्याउँदैछु । देशको सम्पतीमा मोजमस्ती गर्दैछु । रातो पासपोर्ट बिक्रि गर्दैछु । गाउँघरमा बसेर चन्दा असुल गर्दैछु । कुनै मजदुर युनियन वा ट्रेड युनियनमा बसेर हड्ताल गरेर उद्योग बर्बाद गरिरहेको छु । कुनै पार्टीको भातृसंगठनमा आबद्ध भएर जनतामा आतकं मच्चाउँदैछु । नेपाल बन्द र चक्काजाम गर्दैछु । त्यही दललाई डुबाउँदैछु । लोकतान्त्रि बिधी सिध्याउँदैछु ।
राजनीति भ्रष्ट भएपछि सबैकुरा भ्रष्ट बन्छ । उदाहरण सुडान घोटाला
कुनै कर्मचारी संगठनमा बसेर त्यस संस्थाको सेवा र व्यवसायिकता नष्ट गर्दैछु । मन्त्री सचिवको सोर्सफोर्सबाट भन्सार कर मालपोतमा बसेर भ्रष्टाचार गर्दैछु । ठेक्कापट्टा लिएर, दिएर कमिसन खाँदैछु ।
नेताहरुको हैसियत यहाँसम्म पुगिसक्यो 
सुन्दा तितो लाग्ला तर आज राजनीति गर्नुको अर्थ नैतिकताविहीन हुनुको अर्को नाम हो । राजनीति आस्थाको सिद्धान्तको राजनीति हुन छोड्यो । राजनीति पतित राजनीति भईरहेछ ।


राजनीतिकै लागि जिवन अर्पण गर्ने, राजनीतिमै केश फुलेकाहरु हाम्रो राजनीतिक दुर्दशाप्रति बेखबर छन् भनेर बुझ्नु गलत हुनेछ । उनीहरु नै यो राजनीतिका रोल मोडलहरु हुन् । अझ उनीहरुकै प्रतिच्छाया र प्रवृति नै वर्तमान राजनीतिमा प्रतिबिम्बीत भएको हो भन्ने तथ्य उद्घाटित हुँदा मूल्यको राजनीतिको सपना देख्नेहरु कति मर्माहत होलान् । तिनीहरुलाई नै आस्थाको धरोहर ठान्नेहरुलाई कति दुख लाग्ला । राजनीतिको अवसान यसरी नै हुन लागेको हो ? अब कसले गर्ला यस्तो राजनीतिको उद्दार ? के यो राजनीतिको अवसान अघिको दृष्य हो ?


1 comments:

राजाराम said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राजनीति यति फोहोर भएको छ कि अबका दुई तिन पुस्ताले सफा गर्दा पनि यो फोहोर जादैन । कसले सपार्ने होला यसलाई ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।