जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बादशाहको नयाँ लुगा र 'कीरा परोस्' टिसर्टबिच भेद खुट्याउँन हम्मे नपरोस्

-प्रकाश बगाले-
भ्रष्टाचारविरोधी अभियान 'भ्रष्टाचारीलाई कीरा परोस्' को व्यापक आलोचना भएको छ तथापि यो एउटा नयाँ चरणमा पुगेको छ । यस चरणमा हुने खानेले किनमेल गर्ने काठमाण्डौको मलको एक पसलमा 'भ्रष्टाचारीलाई कीरा परोस्' लेखिएको टिसर्ट ३ सय ५० देखि ५ सय ५० सम्ममा (कृपया बार्गेनिङ नगर्नुहोला ।) किन्न पाईन्छ । अहिलेसम्म सेतो रङमा उपलब्ध टिसर्टहरु टिसर्टप्रेमीहरुको रोजाईअनुसारको रङमा पनि उपलब्ध हुन्छ रे । यस अभियानका अभियन्ता चाहान्छन् होला, दैनिक मजदुरी गर्नेले पनि ऋण खोजेर पनि उक्त टिसर्ट किनिदिउन् र यिनकै परिभाषामा अभियान सफल पारिदिउन् ।
सम्भवतः अबका केही हप्तापछि रत्नपार्कका सडकपेटीमा यो ट्रेडमार्क पोतिएका टिसर्ट सहजरुपमा उपलब्ध हुन्छन् । आखिर जति धेरैले टिसर्ट पहिरिन्छन्, अभियान त्यती सफल हुने न हो । अभियान सञ्चालनका लागि लाग्ने खर्चको जोहो त गर्नै पर्नै पर्‍यो नि ।



भ्रष्टाचारपिडित नेपाली समाजको एउटै चाहना हो, भ्रष्टाचार मुक्त समाज । पहिलोपल्ट यो शब्द सञ्चारमाध्यममार्फत मेरो कानमा पर्दा यस्तो अशिष्ट र सरापपन्थी शब्दहरुको चयन गर्ने शिल्पकारप्रति टिठ लागेर आएको थियो । तर दुईचार जना स्वघोषित सदाचारीले फेसबुकबाट सुरु गरेको यो अभियानले उग्ररुप लिदै प्रधानमन्त्रीको आंगसम्म ढाक्न पुगेछ । शिष्ट मान्छेहरुले चलाएको यो अशिष्ट अभियान तुहिएला भन्ने मलाई डर छ । किनकी यो टिसर्ट किन्नेको भिडमा भोली सदाचारीभन्दा भ्रष्टाचारी बढि हुने सम्भावना प्रबल छ । हालसालै सार्वजनिकस्थलमा देखिएका सेता टिसर्टधारी हेर्दा यस आशंकालाई थप बल पुगेको छ । भोली सोझा नेपाली जनतालाई बादशाहको नयाँ लुगा र 'कीरा परोस्' टिसर्टबिच भेद खुट्याउँन हम्मे नपरोस् ।
दशैको शुभकामना पनि छोडेन गालीले । फोटो गणेश
कानुनद्धारा निषेधित काम गरि सार्वजनिक सदाचारको पद्दतीलाई खलल पुर्‍याउँने कुनै पनि काम गर्नु भ्रष्टाचार हो । भ्रष्टाचारको स्टेरियोटिपिकल आइडियोलोजीबाट थोरैमात्र पर पुग्ने हो भने मोटो रकम बुझेर समाचार तोडमरोड गुमनाम गर्ने पत्रकार देखि घुस ख्वाएर अवैधकामलाई वैध बनाउँने व्यापारी सबै यसभित्र तानिनेछन् । त्यसैले सेतो टिसर्ट कसका लागि बनाइएको हो, स्पष्ट भएन । राजनीति गर्ने र सार्वजनिक प्रशासन सञ्चालन गर्ने मात्र भ्रष्टाचारी हुनसक्छन् भन्ने भ्रमबाट मुक्त हुने हो कि ।


सम्भवतः यो अभियान भ्रष्टाचारमा सम्लग्न राजनीतिज्ञहरु र सरकारी प्रशासनमा आवद्ध कर्मचारीप्रति लक्षित छ । तपाईहरुको निसाना सहि हुनसक्छ । तर गलत तपाईहरुले प्रयोग गरेको हतियार हो । साँच्चिकै तपाईहरु पवित्र आत्माले यो अभियानमा लाग्नुभएको भए भ्रष्ट नेतालाई संरक्षण दिने दलहरुको बिरोध गर्नुस् । अनि भ्रष्टाचार निवारण ऐन २०५९ र निजामती सेवा ऐन २०४९ को संसोधन गर्न दबाब श्रृजना गर्नुस् ।

भ्रष्टाचार निवारण ऐन पल्टाएर अध्ययन गर्नुभयो भने सार्वजनिक पदमा आसिन व्यक्तिले गरेका भ्रष्टाचारलाई उन्मुक्ति दिने हिसाबले अति कम र नसुहाउँने किसिमका सजायको प्रावधान राखिएको छ । व्यवहारमा त झन् त्यो भन्दा कम सजाय गराउँन अनेक प्रपञ्च रचिन्छ ।

भुलवश भएको गल्तिबाट राष्ट्रलाई भएको नोक्सानीबाहेक जानीजानी गरिएको भ्रष्टाचार (जतिसुकै रकम भएपनि ) प्रमाणित भए दोषीलाई भबिष्यमा समेत पुनः सरकारी सेवामा अयोग्य ठहरिने गरि पदबाट हटाउँने प्राबधान निजामती सेवा ऐनमा राख्न सके सेतो सरापधारी टिसर्ट लगाएर यसको व्यापार गर्दै सडक सडक दगुरिरहन नपर्ला ।


7 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तपाईले उठाउँनु भएको कुरा ठिक छ तर कीरा परोस् अभियानप्रति बढी पुर्वाग्रही भए जस्तो देखियो । जे जस्तो भएपनि यसले चेतना बढाउँने काम त गर्छ । केही नगर्नु भन्दा केही गर्नु राम्रो होइन र ? गरेका कामहरुको तारिफ गर्न सके गर्नेहरुलाई थप बल प्रदान हुन्छ । काँध धाप्न पर्दैन । ठिक गर्दैछौ मात्रै भने पनि पुग्छ ।

तपाईले भने जस्तो नियम परिवर्तन गर्न सके निकै असल हुन्थ्यो ।

मदन अधिकारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नारा मलाई चै मन पर्छ । भ्रष्टाचारीलाई कीरा परोस् ।

आश्मा पोख्रेल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

गाली गरेर पनि हिरो होइने रहेछ । हिरो हुने काइदा राम्रो लाग्यो । म पनि नयाँ र दामी गाली खोजिरहेछु ।

Mohan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भ्रष्टाचारीलाई कीरा परोस्

सुनिता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी पनि उही ड्याडका मुला त होलान् नि । के नै आशा गर्नु र ?

मुकुन्द घिमिरे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अभियान सफल पार्नु पर्छ । आखिर कसैले त सुरु गरेको छ । यो अभियानमा पनि नराम्रा कुरा आउँन सक्लान् । त्यसो भन्दैमा अभियानको बिरोध गर्नु जायज हुदैन । बरु यसका खरावी सुधारेर यसलाई बृहत बनाउँनु पर्छ । यो गालीमा नेपालीपन छ । यो ठिक छ ।

आशा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हो र ? टिसर्ट पनि पो बेच्न थाले ? लौ गरिखाओ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।