जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'प्रधानमन्त्रीज्यु ! मेरी बुढीले भनेको ग्यास दिनु रे !'

अब लगभग चार महिना जति बाँकी छ संविधान घोषणा गर्ने दिन तर दलहरुको बाझाबाझ रोकिएको छैन । बाझाबाझ गर्दा पनि संविधान कै बिषयमा गरेका भए पनि लौ गर्दै त छन् भनेर केही हदसम्म सन्तोष मान्न सकिन्थ्यो । तर झगडाका शिर्षकहरु संविधान भन्दा निकै पर सत्ता र जनसत्तामा अड्किएका छन् । यतिमात्र हो र ? अब त हुँदा हुँदा संसदमा दलहरुको जुहारीमा श्रीमतीका कुरा पनि उठ्न थाले ।

छन पनि यही मात्र बाँकी थियो । अरु झगडाका शिर्षक पनि सकिए होलान् । आज कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले संसदमा श्रीमतीले यसो भनेकि छिन् के गर्ने होला भन्दै दुखेसो पोखे । उनको दुखेसो फेरी अरुले सुनेर नहुने रै छ । सोझै प्रधानमन्त्रीले सुन्नु पर्ने रे । भो अब । कांग्रेसका मुख्य सचेतकले किन श्रीमतीका कुरा गरेछन् त, जान्न भित्र आउँनुहोस् ।


कुरा के भएको रहेछ भने कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेको घरको खाना पकाउँने ग्यास सकिन लागेको रहेछ । अनि उनी, जिम्मेवार सांसद (उनकै भाषामा) हतार हतार संसद भवन आउँदै रहेछन् । जस्केलो के नाघ्न लाका थे उनकी श्रीमतीले भन्नुभएछ 'प्रधानमन्त्रीसँग मागेर भए पनि एक सिलिन्डर ग्यास ल्याउनूस् ।' त्यसैले घिमिरेले संसदको बिशेष समयमा भनेछन् 'प्रधानमन्त्रीज्यु मेरी बुढीले भनेको ग्यास दिनु रे ।'

बिचरालाई दुख चै परेकै हो । ग्यास सकिनुको अवश्था कस्तो हुन्छ त हामीलाई थाहै छ । कति पाहुना लाग्न जानु ? होटलमा जाउँ दुर्लभ ग्यासले पकाएको भात पनि दिनमा दुई पटक खान सकिने गरी सस्तो त कहाँ हुन्छ र ? यसैले घिमिरेज्युको दुख बुझिदिनै पर्ने हो । तर दुई साता देखि ग्यास सकिएर पाहुना लाज पचाएरै पाहुना लाग्न जानेले चै के गर्ने होला ? हेलो सरकारले पनि दुख सुन्छ मात्र रे, त्यसपछि केही खोजीनीति हुन्न रे । दाउरामा पकाउँन खोइ दाउरा ? दाउरा ल्याई नै हाले पनि भाडामा बस्नेलाई त घरबेटीले के को दाउरा बाल्न दिन्थे नि, मट्टितेलवाला स्टोभ त बाल्न हुँदैन रे ।

समस्याहरु यस्तै छन् । यो सबैको समस्या हो । गर्नेले नगरिदिए पछि हाँसोमा उडाउँनुको विकल्प नहुँदो रहेछ । हो त्यही गरेको मैले पनि ।


2 comments:

प्रल्हाद विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तिमीले पो भेट्यौ अनि सुनायौ । तर गरिब तथा सामान्य नागरिकहरुले कसरी कसलाई भन्ने ?

नारद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

दिइहाल प्रधानमन्त्रीज्यु यो डाकालाई घरैमा पाइप लगिदेउ । साला आफ्नै मात्र टेन्सन छ यार । यसकै लागि यसलाई सभासद बनाएको हो कि यसले बुढीले यसो पो भन्छे भनेर संसदमा सुनाओस् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।