तलको तस्विर हेर्नुहोस् त ! यो कुनै चानचुने अवस्थाको तस्विर होइन । बिशेष ध्यान दिएर हेर्नुहोस् ।
तस्विरमा छन्, महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी कुवेर सिंह राना, डिआईजी गणेश राई र माओवादी सभासद बालकृष्ण ढुंगाना । अब त कुरा बुझ्न भो होला । यदि भुल्नु भएको भए सम्झनुहोस् त, ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्याको अभियोगमा अदालतले माओवादीका कुन नेतालाई सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो ? हो, यी ढु्ंगेल तिनै नेता हुन् जसलाई अदालतले सजाय सुनाएको थियो तर उनी अहिलेसम्म फरार छन् र प्रहरीले पक्राउ गर्न सकेको छैन । कागजी कुरा यही हो । तर यथार्थ ? यथार्थ अलिक भिन्न रहेछ ।
पहिले सुरुदेखि नै कुरा सुरु गरौं । २०५५ सालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ओखलढुंगा जिल्ला अदालतले २०६१ वैशाख २८ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । तर पुनरावेदन अदालत राजविराजले २०६३ असार ११ मा उनलाई सफाइ दियो । फेरि सर्वोच्च अदालतले भने २०६६ पुस १९ गते जिल्ला कै फैसला अर्थात् जन्मकैद कै फैसला सदर गर्यो ।
यसैले कानुनको नजरमा उनी एक अपराधी हुन् । अदालतले सजाय सुनाईसके पछि पक्रनु प्रहरीको जिम्मेवारी हो । तर प्रहरी उनी फरार रहेको बताउँछ । उनी प्रहरीका लागि मात्र फरार थिए । उनलाई सार्वजनिक रुपमा देखिनु कुनै नौलो कुरा होइन । तर उनी प्रहरी प्रमुखसँगै कुममा कुम जुधाएर बसेको तस्विर सार्वजनिक भएको छ । यसरी धेत्तरो त हुनु थिएन नि । अदालतले दोषी करार दिएर प्रहरीको नजरमा फरार बनाई सके पछि कम्तीमा प्रहरीसँग कुमै जुधाएर त बस्न नहुने नि । यसो लोकलाजको पनि ख्याल गर्नु पर्ने । तर पावर भनेको यही चिज हो क्यारे । शक्तिले लाज, अपमान सबै छोप्दो रहेछ ।
त्यही पनि हाम्रो अनुरोध तपाईहरुलाई अलिकति लाज मानिदिए हुन्थ्यो भन्ने मात्र हो । बन्द कोठामा र तपाईहरुका आपसी भोजमा जे गर्नुहोस् तर हामीले देख्दा चोर पुलिसको खेल खेलिदिए हामीलाई शान्ति हुन्थ्यो । नत्र हामीले कस्ता मान्छे छानेछौ भनेर अनि कस्ता मानिसले हाम्रो सुरक्षाको जिम्मा लिएका छन् भनेर हामीलाई ग्लानी हुन्छ । हामी नागरिक त्यसै बिचरा छौ थप कमजोर नबनाइदिनुहोला ।
पहिलो तस्विर साभार : रेवती सापकोटा/अन्नपुर्ण पोष्ट

3 comments:
को नि के गर्नेलाई भन्दा देख्नेलाइ लाज । अब हामी नै मुख छोपौ ।
हाम्रो अनुरोध तपाईहरुलाई अलिकति लाज मानिदिए हुन्थ्यो भन्ने मात्र हो । बन्द कोठामा र तपाईहरुका आपसी भोजमा जे गर्नुहोस् तर हामीले देख्दा चोर पुलिसको खेल खेलिदिए हामीलाई शान्ति हुन्थ्यो । नत्र हामीले कस्ता मान्छे छानेछौ भनेर अनि कस्ता मानिसले हाम्रो सुरक्षाको जिम्मा लिएका छन् भनेर हामीलाई ग्लानी हुन्छ । हामी नागरिक त्यसै बिचरा छौ थप कमजोर नबनाइदिनुहोला ।
khoi nepal ko kanun pani k ho k ho sana lai yen thula thalu lai chain ta ho ni
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।