जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चित्र हेर्नुहोस् र भावना पोख्नुहोस्

पानीफोटोमा यो नयाँ स्तम्भको सुरुवात गरिएको छ  । वास्तवमा यो मेरो बेग्लै सुरुवात भने होइन । यसअघि नै यस किसिमका स्तम्भहरु पत्रपत्रिकामा तथा ब्लगमै पनि प्रशस्त पाईन्छन् । तरपनि तपाईहरुको सहभागिताको आशा गर्दै यो स्तम्भ सुरु गर्ने जमर्को गरेको छु । यो तस्विर हेरेर तपाईको मनमा जे आउँछ, कविता, गीत, गजल वा निबन्ध लेख्नुहोस् ।




7 comments:

bal bahadur amgai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

pani photo nikai ramro samachar haru didai ayako chha bhabisya ma ajha badhi darsak haru ko man jitna sakos subhakamana 6.

Muna Sigdel said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हिमालको छाँयामा
नेपालको मायामा
स्वच्छ पवित्र रंगमा
आफ्नै नेपाली ढंगमा
बाँच्न पाउँ खुसी भई
सधै नेपाली छातीमा

Harry Adri said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

वर्तमान नेपालको स्थिति हेर्दा मलाई दु:ख मात्र लाग्छ, चित्त मात्र दुख्छ।

नरोएको हैन, तर मेरो आँसु भन्दा त यँहा धेरैले रगत नै बगाएका छन्।
सगरमाथा भन्दा अग्लो आशा मैले नबोकेको हैन ,
गौतम बुद्ध र लिटिल बुद्धको आज्ञा मैले नमानेको हैन।
चन्द्र-सूर्य ध्वजा बोक्दा म नरमाएको हैन,
यो मन त मेरो नेपाली भनी नगाएको पनि हैन।
खुकुरीबीर पूर्खाको गुनगान सुन्दा म मख्ख नपरेको हैन,
तर नेपाली हो भनी अहिले गर्व गर्न गाह्रो भए जस्तो छ
किनभने....................
वर्तमान नेपालको स्थिति हेर्दा मलाई दु:ख मात्र लाग्छ, चित्त मात्र दुख्छ।

Ganesh Shah Dang Ghorahi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

घाम पानी छल्न यहाँ छाप्रो बनाएछ ।
हिम्मतीले पहरोमा बास बसाएछ ।
ब्युझिएर हिमालको दर्शन हुने ठाउँ ।
कुनै साँझ मैले पनि बास बस्न पाउँ ।

तल खाई डर लाग्दो माथि हिउँदे पाखो ।
एसैलाई सन्सारले लाएकोछ आँखो ।
अलि तल फेदिनिर मेरो पनि घर छ ।
जुन् ठाउँमा मरे पनि यहीँ जानु पर्छ ।

ammar thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हिमालको काखमा हाम्रो सानो गाउँ छ !
संसार मै नम्बर वान पर्ने सुन्दर ठाउँ छ !

डफे नाच्छ यही ठाउँमा चौरी सङ्गै चर्छ !!
उराठ चैत पनि गुराँस फुली बनै कस्तो सुहाउछ !!

कल कल गर्दै झरना यही बात झर्छ !!
लाखौ पर्ने जडिबुटी सबै यही पाउँछ !!

दिपध्वनी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुनै समयमा म ताप्लेजुंगमा पढाउँने काम गर्थे । त्यहाँको परिवेशमा आधारित भएर मैले कविता लेखेको थिएँ । यो तस्विरको परिवेशमा सुहाउँने भएर यहाँ राखेको छु । हेर्नुहोला ।
http://www.paniphoto.com/2010/02/blog-post.html

हरि श्रेष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

खोई के लेख्ने ? कथा लेखु कस्तो कथा लेख्ने ? धार्मिक लेखु भने ३३ कोटी देवी देउताको लेखु अरुले नै लेखिसके महाभारत, रामायण, श्रीस्वस्थानी, बिष्णुअवतार, कृष्ण चरित्र, वेद आदि अझ नसुनेका त कत्ति हो कत्ति । यी सबै सकिसके छन् । यी सबै चोरेर नयाँ कथा लेखु कस्तो लेखिने हो ? नाम के राख्ने हो अनि चोर्न नि जानियो नाम पनि जुराईयो तर नेपाली फिल्म जस्तो पो बन्ने हो कि ?राजा महाराजको सुनेको एकादेशमा ........... लेखु सबैले सुनेकै छन् । पानीफोटोमा स्तम्भको सुरुवात गरे भन्नु भएको छ । कविता लेखु अलि राम्रो जस्तो लक्ष्मी प्रसादजीले लेखिसकेर महाकविको टोपी लगिसक्नु भयो । आदि लेखु आदि त्यो पनि भानुभक्तले बाँकी छोड्नु भएन । अरु बाँकी रहेका पनि अरु कविहरुले लेखिसक्नु भयो । अब हाम्रो भागमा के नै बाँकी रह्यो होला र ? नाटक लेखु बालकृष्ण सम र भिमनिधि तिवारीले लेखेर सिध्याई दिनु भयो । खोई हामीले के लेख्ने ? निबन्ध लेख्नु के को बिषयमा लेख्ने ? दिनभर सोचे एकापटी ल्यापटप र अर्कोपट्टी कपि कलम राखे । ल्यापटपमा नेपाली लेख्न नआउँने, अंग्रेजी लेख्न नजान्ने । लेख्न खोज्दा खोज्दै समयमात्र सकियो, लेख सकिएन । लौ त यही लेखे पानीफोटोमा यही पठाईदिए ।

तर जे होस् तस्विर चै राम्रो छ है ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।